जुम्लामा डिजिटल साक्षरता कार्यक्रम
जुम्ला । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा गरिने नागरिक एपसम्बन्धी सचेतना कार्यक्रम बिहीबारदेखि जुम्लाबाट सुरू गरेको छ । पहिलो कार्यक्रमको रूपमा कर्णाली प्रदेशको जुम्लाबाट कार्यक्रमको औपचारिक सुरुवात भएको हो ।
जुम्लाको होटल कान्जिरोवामा भएको एक विशेष कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नागरिक एपमार्फत डिजिटल सेवा लिँदै कार्यक्रमको सुरुवात गरेका हुन् । कार्यक्रममा नागरिक एपको तर्फबाट इन्जिनियर प्रवीन चौहानले विशेष प्रस्तुति दिएका थिए भने प्रयोगकर्ता र सरोकारवालासँग अन्तक्र्रियासमेत गरिएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलले भर्चुअल माध्यममबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । सातै प्रदेशमा आयोजना हुने साक्षरता कार्यक्रम, प्रत्येक प्रदेशका दुई ठाउँमा आयोजना हुने तय भएको इन्जिनियर चौहानले बताए । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबार कार्यक्रम आयोजना हुनेछ भने धनगढीमा जेठ १४ गते आयोजना हुनेछ । कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुनेछ ।
नागरिक एपमा उपलब्ध सेवाहरूको बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिँदै छ । डिजिटल साक्षरतालाई जोड दिँदै कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरू सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उद्देश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो । अहिलेसम्म नागरिक एप २७ लाख बढीले डाउनलोड गरेका छन् भने ५३ बढी सेवाहरू उपलब्ध छन् ।
एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आह्वान गरेको छ । प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरू थप्दै यसलाई प्रभावकारी बनाउने केन्द्रले जनाएको छ । नागरिक एप प्रयोग गर्न आप्mनो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।
यद्यपि नागरिकतालगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउनेसमेत गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया