पर्यटन प्रवर्द्धन गर्न माउन्टेन बाइक रेस
काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोलखामा माउन्टेन बाइक रेसको आयोजना गरिएको छ । यति ओरिजिन्सको आयोजना र भीमेश्वर नगरपालिकाको सहकार्यमा शनिबार रेसको उद्घाटन गरिएको हो । माउन्टेन बाइक रेस समुद्री सतहबाट तीन हजार सात सय ६२ मिटर उचाइमा रहेको कालिञ्चोकबाट सुरु भएर आठ सय ४२ मिटरको उचाइमा रहेको नागदहमा आएर टुंगिने भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले जानकारी दिए ।
शनिबारदेखि सुरु भएको दौड सोमबारसम्म चल्नेछ । यस्तो किसिमको साहसिक खेल देशकै पहिलो भएको मानन्धरले बताए । साहसिक खेलको सुरुवात गर्न पहिलो सिजनमा स्थानीयस्तरको रेसको सुरु गरिएको उनले जानकारी दिए । यस्तै, रेसको दोस्रो सिजन आगामी नोभेम्बरमा अन्तर्राष्ट्रियस्तरको हुने आयोजकले जनाएको छ ।
यस माउन्टेन बाइक रेसले धार्मिक पर्यटन र प्राकृतिक पर्यटनको रूपमा भीमेश्वर नगरपालिकाका साथै दोलखालाई चिनाउने बताइएको छ । यस्तै, साहसिक खेलको नयाँ गन्तव्यको रूपमा दोलखालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्य लिएको नगरपालिकाले जनाएको छ । रेसमा नेदरल्यान्ड, मेक्सिको र नेपालका गरी ४० जनाको सहभागिता रहेको छ । रेसको उद्घाटन प्रतिनिधि सभा सदस्य गंगा कार्कीले गरेका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया