टोखामा ‘मिनी हाइपर मार्ट’ सञ्चालन
काठमाडौं । काठमाडौंको टोखा ग्रिनल्यान्डमा कृषक ग्रुप प्रालिले एक करोड लगानीमा मिनी हाइपर मार्ट सञ्चालनमा ल्याएको छ । नेपाली कृषकको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालनमा आएको उक्त मार्टको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे ।
‘उत्पादनदेखि उपभोक्तासम्म’ भन्ने मूल नारालाई अगाडि बढाएको उक्त मार्टले किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पु-याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक न्यौपानेले जानकारी दिए । उक्त मार्टमा सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा उत्पादित मासुजन्य तथा अण्डा, फलफूल तथा तरकारीजन्य, अर्गानिक खाद्य सामान, दूध तथा डेरी बेकरीजन्य, जीवित कुखुरा, खाजा स्टेसन, बबलटी, आइसक्रिम, पपकन, तथा चिप्स, ग्यास तथा जारको पानी, फ्रेस मिट, सिफुड, फ्रोजन अर्गानिक खाद्यान्न सामग्री बिक्रीका लागि राखिएका छन् । कृषकलाई बजारसम्म सजिलै पहुँच विस्तार गर्नका लागि मार्ट सञ्चालन गरिएको सिईओ न्यौपानेले बताए । मिनी हाइपर मार्ट प्रालिले सर्वसाधारणको सुविधालाई ध्यानमा राखी सार्वजनिक शौचालय पनि सञ्चालन गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया