‘भिभो ५जी टक’ कार्यक्रम
काठमाडौं । नेपाल तथा पाकिस्तानकमा फाइभ जी सञ्चालनमा ल्याउनका लागि भिभोले यस क्षेत्रका प्रतिष्ठित उद्योग विशेषज्ञहरूसँग ‘भिभो ५जी टक’ कार्यक्रम गरेको छ । कम्पनीले कार्यक्रममा यस क्षेत्रमा फाइभ जीको वर्तमान अवस्था र भविष्यमा व्यापार र दैनिक जीवनमा यसले ल्याउन सक्ने सम्भावित रूपान्तरणका बारेमा बुधबार भर्चुअल टकमार्फत छलफल गरेको हो ।
कम्पनीका अनुसार यस कार्यक्रमले भिभोको टेक–टक पहलको निम्ति मञ्च तयार गरेको छ । जुन दूरसञ्चारको उन्नतिको निम्ति अर्थपूर्ण संवाद गर्ने उद्देश्यले योजित छ । ‘असीमित बुद्धिमान संसार’ मा विषयक उक्त कार्यक्रम तथा प्यानल छलफल दूरसञ्चार पारिस्थितिक प्रणालीका विविध आयाम तथा अन्तर–क्षेत्रीय संवादको निमित्त मञ्च सिर्जना गर्नेमा केन्द्रित रहेको थियो । कार्यक्रमको प्यानलमा नेपाल र पाकिस्तानका ६ जना विशेषज्ञहरूले सहभागिता जनाएका थिए । नेपाल तथा पाकिस्तानजस्ता उदीयमान अर्थतन्त्रमा ५ जीका फाइदाहरूबारे छलफल गर्दै प्यानलिस्टहरूले परिष्कृत सञ्चारले पूर्वाधार निर्माणका चुनौतीहरूको समाधान प्रदान गर्ने निष्कर्ष निकालेका थिए । दूरस्वास्थ्य सेवा, शिक्षा तथा नवव्यापार जसले यी राष्ट्रका कूल उत्पादन वृद्धिमा बढावा पु¥याउन सक्ने उनीहरूको भनाइ थियो । वक्ताहरूले नेपाल र पाकिस्तानलगायतका देशहरूमा ५जी को अधिकतम सम्भावनाको प्रयोगको निमित्त व्यावसायिक व्यवहार तथा सार्वजनिक–निजी क्षेत्रको सहकार्यको आवश्यकता पनि आँैल्याए ।
भिभो सञ्चार अनुसन्धान संस्थानका अग्रणी विशेषज्ञ राकेश ताम्राकारले एसिया क्षेत्रले ५जी को पूर्ण लाभ उठाउन बाँकी नै रहेको बताए । भिभो ५जी स्मार्टफोनलाई अझ छरितो र पहुँचयोग्य बनाउनमा समर्पित रहेको पनि उल्लेख गरे । ५जी अनुसन्धानमा भिभोका १०० जना विशेषज्ञहरूको टोली केन्द्रित रहेका छन् । भिभो ३ जीपीपी मापदण्डको प्रमुख योगदानकर्ता हो । भिभोले आगामी पिँढीका सञ्चार प्रविधिलाई उपयुक्त विस्तृत उत्पादनहरू तयार पारेको जनाएको छ । यसको उदाहरण शक्तिशाली एक्स र वाइ सिरिजका फोनहरू हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया