रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
काठमाडौं । रियलमीले नेपालमा नयाँ दुईवटा स्मार्टफोन मोडलहरू सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलन गरी आफ्ना दुई नयाँ मोडलहरू नार्जो एन–५५ र नार्जो एन–५३ सार्वजनिक गरेको हो ।
यी दुई फोनहरू हरेक कुराहरू छिटो चाहने नेपाली युवा पुस्तालाई लक्षित गरेर ल्याइएको कम्पनीका कन्ट्री म्यानेजर मनिष गिरीले जानकारी दिए । ‘कटिङ एज फिचरहरू, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरूले नेपाली नयाँ पुस्ताको मन जित्छ,’ नयाँ मोडल सार्वजनिक गर्दै गिरीले भने । नेपालमा स्मार्टफोनको नयाँ लाइन अप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको उनको भनाइ थियो । नार्जो एन–५३ रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल अल राउन्डर भएको पनि कन्ट्री म्यानेजर गिरीले बताए ।
‘यो फोन जति स्लिम छ, त्यति नै शक्तिशाली पनि छ, अर्कोतर्फ, रियलमी नार्जो एन–५५ ले नेक्स्ट जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ, अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ,’ कन्ट्री म्यानेजर गिरीले भने । पछिल्लोपटक सार्वजनिक भएका यी स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेतामार्फत उपलब्ध रहेको जानकारी पनि गिरीले दिए ।
कम्पनीका अनुसार ४/६४ जीबी स्टोरेज क्षमता भएको नार्जो एन–५३ मोडलको मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ र ६/१२८ भेरियन्टको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । त्यसैगरी, ४/६४ जीबी स्टोरेजसहितको नार्जो एन–५५ को मूल्य २० हजार चार सय ९९ रुपैयाँ र ६/१२८ भेरियन्टको मूल्य २४ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया