Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने

हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने


काठमाडौ । पर्यटन प्रवर्द्धनका लागि हुन लागेको हिमालयन ट्राभल मार्टमा पाँचवटा देशले सहभागिता जनाउने भएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा राजधानीमा यही मंगलबारदेखि शुक्रबारसम्म चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो ।

मार्टको सम्पूर्ण तयारी पूरा भएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेशसिंह बुडालले जानकारी दिए । उनका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । जसमा ५० क्रेता र ५० विक्रेताले सहभागिता जनाउनेछन् । मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनेछन् । कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पु¥याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रियरूपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले विशेष सत्र सञ्चालन गर्ने तयारी रहेको सिईओ बुडालको भनाइ छ ।

उनका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल तथा रायसुझाव लिइनेछ । ‘रि–कनेक्टिङ, रि–बिल्डिङ र रि–इन्भिगोरेटिङ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मार्ट अन्तरदेशीय पर्यटन प्रवर्द्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिइएको छ । मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रूपमा स्थापित मार्टले पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप गतिशील बनाउन तथा हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मद्दत पुग्ने विश्वास लिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पाटा अन्तर्राष्ट्रियलगायत पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाको विशेष सहयोग तथा सहकार्यमा मार्ट आयोजना गर्न लागिएको हो । सन् २०१७ देखि २०१९ सम्म वार्षिक रूपमा आयोजना हँुदै आएको मार्ट कोभिड–१९ महामारीका कारण सन् २०१९ पश्चात् आयोजना हुन सकेको थिएन । नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशद्वार’ साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटनमैत्री गन्तव्यको बलियो ब्राण्डका रूपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ हरेक वर्ष मार्ट आयोजना हुँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया