Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड


काठमाडौं । नेपाली बजारमा बलियो स्थान हाँसिल गरेको टीभीएसले युवा पुस्तामा रहेको बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ । बाइकिङबाट सामाजिक कार्यमा सहयोग पु-याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने प्रभावकारी समूहका रूपमा टीभीएसले नेपालमा अपाचे अनर्स ग्रुप (एओजी) गठन गरी बाइकिङ कल्चर प्रवद्र्धन गरिरहेको छ । एओजी, नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको ग्रुप हो ।

एओजी ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गरी आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पु-याउन सफल भएको जनाएको छ । ‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टीभीएसको फ्याक्ट्रीसम्म पुग्ने लक्ष्य राखेको माक्र्यु राइडमा १० जना नेपाली राइडरहरूको सहभागिता रहेको थियो । गत फागुन ११ गतेबाट सुरु भएको एओजीको मार्क्यु राइडमा नेपाललगायत भारत र बंगलादेशका थुप्रै राइडरहरूले सहभागिता जनाएका थिए । राइडरहरूले टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सीसीका मोटरसाइकलको प्रयोग गरेका थिए । फागुन ११ गते काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टीभीएसको फ्याक्ट्रीको पनि भ्रमण गर्ने पनि मौका पाए ।

यस्तै, राइडर्सले २० दिनमा सात हजार किलोमिटरभन्दा बढी दूरीको यात्रा तय गरेका थिए । उक्त यात्राका राइडर सागर थापा सात हजार किलोमिटर लामो यात्रा शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण रहेको बताउँछन् । ‘बाइस दिने यो यात्रा मलाई जीवनभर याद रहनेछ । नेपाल र भारतको फरक भूगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइयो’, उनी भन्छन्, ‘यसै यात्रामार्फत नेपाल भारत र बंगलादेशका राइडरसँग चिनजान पनि बढ्यो । टीभीएसले मलाई नयाँ सम्बन्धहरू गाँस्न सघाएको छ ।’

विज्ञापन र पीएसएमार्फत कार्यक्रमलाई सहयोग गरेर नेपाल पर्यटन बोर्डले पनि यस अभियानलाई प्रभावकारी बनाउन ठूलो योगदान पु-याएको कम्पनीले जनाएको छ । नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूलाई भारतमा प्रचार गर्न र भारतीय राइडरहरूलाई नेपाल भ्रमणका निम्ति प्रोत्साहन गर्न भारत यात्रामा निस्किएको एओजी टिमलाई नेपाल पर्यटन बोर्डको यो कदमले निकै प्रोत्साहन गरेको थियो । नेपालबाट यात्रा सुरु गरेको एओजी टिमले भारतको रक्सौलमा भारतीय राइडर र बिहारमा बंगलादेशका राइडरहरूलाई भेटेर यात्रालाई अघि बढाएका थिए । काठमाडौंबाट सुरु भएको माक्र्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माइसुरु, बैङ्गलौर, तिरुपति, विजयवाडा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमै आएर समाप्त भएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया