जुन ५ लाई नेपाल–इटाली चेम्बर दिवसका रूपमा मनाइने
काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्थापित नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले अबदेखि जुन ५ लाई द्विपक्षीय व्यापार बैठक तथा एनआइसीसीआई दिवसका रूपमा मनाइने घोषणा गरेको छ ।
सोहीअनुरूप यस वर्ष पहिलो एनआईसीसीआई डे मनाइएको छ । साथै, पहिलो संस्करणको न्युज लेटर अनावरण तथा द्विपक्षीय व्यापार बैठक पनि सम्पन्न भएको छ । दुई देशबीचको पर्यटन, उद्योग, आयात, निर्यातलगायत व्यावसायिक सम्बन्ध बढाउन यो बैठकले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ । उक्त कार्यक्रममा नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिए । दुई देशबीच पर्यटन, आयात–निर्यात, उद्योगलगायत क्षेत्रलाई कसरी व्यवस्थित ढङ्गले अगाडि बढाउने भन्नेमा यस्ता संस्थाको भूमिका सहयोगी हुने उनको भनाइ छ ।
‘नेपालको कफी, हस्तकलाका सामग्रीलगायत वस्तु इटालीको बजारमा पु¥याउने र इटालीमा आप्रवासी नेपाली समाजमार्फत यहाँको वस्तुको प्रवद्र्धनका लागि यसले सहयोग गर्नेमा हामी आशावादी छौँ’, उनले भने । एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले यो दिवसले चेम्बरको स्थापनादेखि हालसम्म गरेको यात्राबारे चिन्तन गर्ने अवसर प्रदान गरेको बताए । ‘द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने हाम्रो अपेक्षा छ’, उनले भने ।
कार्यक्रममा इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेले दुई देशबीचको सहकार्यका लागि एनआईसीसीआईको भूमिका महत्वपूर्ण रहेको बताइन् । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री नेपालमा स्थापित कम्पनी तथा उद्यमीहरूको साझा संस्था हो । सन् २०१४ मा स्थापना भएको यो संस्थाले इटाली र नेपालबीच व्यापारिक सम्बन्धको प्रवद्र्धन र विकास गर्ने उद्देश्य राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
- मिलन सहकारीमा पैसा लिन आउनेको भिड
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया