Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको उद्घाटन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको उद्घाटन


काठमाडौं । बिहीबार बुटवल पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । आइएमई समूहको लगानीमा २४ गोन्डुला रहेको यो केबलकार बनाइएको हो ।

बिहीबारदेखि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ।

No description available.

लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । भारतको विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए।

पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया