सामसङको ग्यालेक्सी एफ ५४ नेपालमा सार्वजनिक
काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी एफ ५४ स्मार्टफोन फाइभजी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीको यो नयाँ हाइरेन्ज स्मार्टफोन शक्तिशाली रहेको कम्पनीको भनाइ छ । छ दशमलव सात इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरूले सहजरूपमा हेर्न र स्क्रोल गर्न सक्छन् । आठ जीबी ¥याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ ।
यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, आठ एमपी अल्ट्रा–वाइड र दुई एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एड्भान्स क्यामेराको अनुभव पाउनेछन् । यसबाहेक पनि मुख्य क्यामेरामा भएको ओआईएस तथा भीडीआईएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरू खिच्न दिन्छ । ग्यालेक्सी एफ ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरू दिन्छ । यसको अगाडि रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाई क्वालिटीको सेल्फी, भिडियो र भिडियो कलहरू गर्न सकिने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया