भैरहवा सेजमा बढ्दै उद्योग
काठमाडौं । भैरहवा सेजमा हालसम्म ५९ वटा उद्योगले अनुमति लिए पनि सबै उद्योग सञ्चालनमा आउन सकेका छैनन् । हालसम्म सातवटा उद्योग स्थापना भइसकेका छन् भने १६ वटाले उद्योग निर्माण गरिरहेका छन् । व्यापारघाटा न्यूनीकरण गरी निकासी प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको विशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा पछिल्लो समय उद्योग प्रवेश गर्ने क्रम बढ्दै गएको सेज नेपालले जनाएको छ । भैरहवा सेजमा हालसम्म एक सय १४ वटा उद्योग इच्छुक रहे पनि ५९ वटाले मात्रै सञ्चालनका लागि अनुमति लिएका हुन् । भैरहवा सेजमा ५४ बिघा क्षेत्रफलमा अधिकतम ६८ वटा उद्योगहरू सञ्चालनमा ल्याउन सकिने गरी प्लट बनाइएको छ ।
विद्युत् सबस्टेसन, भाडादर, निर्यात प्रतिशतलगायतका विवाद संशोधनपश्चात् उद्योगहरू सेजमा आकर्षित भएको सेज नेपालले बताएको छ । निजी क्षेत्र तथा उद्योगीले राखेको विद्युत् सबस्टेसन निर्माण, भाडादर संयोजना, निर्यात प्रतिशत संशोधनलगायतका विषय सम्बोधन भएसँगै उद्योगीहरू सेजमा प्रवेश गरेको अधिकारीहरू बताउँछन् । सेजले पटक–पटक उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गर्दै आएको थियो । उद्योग वा उद्योगीहरूलाई सेजभित्र उद्योग सञ्चालनको लागि सेजले अहिलेसम्म दर्जन बढी पटक सार्वजनिक सूचना निकालिसकेको छ । सार्वजनिक सूचना जारी गरेपछि केही उद्योगीले इच्छा देखाए पनि उद्योग स्थापना गर्ने तहसम्म पुग्न सकेका छैनन् ।
भौतिक पूर्वाधार निर्माणको क्रममा विद्युत् सबस्टेसन निर्माणको काम सम्पन्न भइसकेपछि उद्योगीहरू आकर्षित भएका हुन् । पछिल्लो वर्षमा मात्रै भैरहवा सेजमा १८ वटा उद्योग स्थापना गर्ने भन्दै उद्योगी तथा व्यवसायीहरूले सेजमा उद्योग दर्ता गराएका थिए । उनीहरूले चार अर्ब चार करोड ५० लाख छ हजार दुई सय १८ रुपैयाँ लगानीमा १८ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता समेत जनाएका थिए । एक लाख १६ हजार एक सय ११ वर्गमिटरमा १८ वटा उद्योग स्थापना गर्ने भनी व्यवसायीहरूले सेजसँग सम्झौता गरेका थिए ।
भैरहवासँगै सिमरा सेजमा पनि उद्योग स्थापनाका लागि सेजले पटक–पटक सूचना प्रकाशन गरेको पाइन्छ । सिमराको ६८ प्लटमध्ये पछिल्ला वर्षहरूमा २५ वटा प्लटमा उद्योग स्थापना गरिएको छ भने चालू आर्थिक वर्षमा १३ वटा प्लटमा उद्योग स्थापनाको लागि माग गरिएको छ । सिमरामा छवटा उद्योग सम्झौता तथा निर्मााणाधीन अवस्थामा रहेका छन् ।
२४सै घण्टा विद्युत् सेवा, पानीको उचित व्यवस्था, फोहरमैला र उद्योगबाट निस्कने दुर्गन्धित पानीको उचित व्यवस्थापन, भन्सार इकाइ कार्यालय, राजस्व इकाइ कार्यालय, बैंकिङ सेवा, सुरक्षा व्यवस्था, उत्पादन सर्टिफिकेट (सीओओ)बाट झमेलामुक्तलगायतका आवश्यकता र समस्यालाई सामाधान गर्नेगरी आकर्षक सेवासुविधाहरू दिने भनिए पनि सेजले उद्योगीहरूलाई विश्वास दिलाउन नसक्दा उद्योग स्थापनामा निजी क्षेत्रको रुचि खासै देखिएको छैन ।
सेजको उद्देश्य भनेको प्रमुखरूपमा निर्यात प्रवर्द्धन गरी मुलुकको व्यापारघाटा घटाउने रहेको छ भने यसका अतिरिक्त रोजागरी सिर्जना गर्ने, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भित्र्याउने रहेको छ ।
सिमरा सेजमा भने आठ सय ३३ बिघा क्षेत्रफल रहेको पाँचवटा ब्लकमा उद्योग सञ्चालन गर्न सकिनेछ । सिमरा सेजले ‘ए’ ब्लकमा प्रशासनिक भवन, दूषित पानी प्रशोधन केन्द्र, आन्तरिक सडक पूर्वाधार, ढल, खानेपानी, बैंक, बीमा, हुलाक, भन्सार, पेट्रोल पम्प, धर्मकाटा, सुरक्षा, क्यान्टिन र विद्युतीकरणलगायतका संरचना निर्माणसम्पन्न गरिसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया