नेपालमा प्रोमेटका सामग्री भित्र्याउँदै सेल्लुसिटी
काठमाडौं । सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले ताइवानको परिचित ‘प्रोमेट’ बाण्डका सामग्रीलाई नेपाल भित्र्याएको छ । नेपाली बजारमा भिभो मोबाइललगायत एङ्कर र नोइजजस्ता मोबाइल उपकरणको आयात गर्दै आएको कम्पनीले उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउन प्रोमेटका सामग्री भित्र्याउन लागेको जनाएको छ ।
पूर्वदेखि पश्चिमसम्म प्रभावकारी वितरण सञ्जाल भएको कम्पनीले अनलाइन माध्यमबाट प्रोमेटका उपकरणहरू वितरण गर्ने सोच बनाउँदै दराज अनलाइन स्टोरसँग पनि सहकार्य गरेको छ । सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरणहरू उपलब्ध गराउँदै प्रोमेटले हालसम्म लाखौँ ग्राहकहरूको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरू पनि प्राप्त गरेको छ । स्मार्टफोन केस, ब्लुटुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हबलगायत स्मार्ट वाचहरू उत्पादन गर्दै आएको यस कम्पनीका सामानहरू गुणस्तरीय र टिकाउ हुने गरेका छन् । कम्पनीले प्रोमेटका सामग्री खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर पनि दिने भएको छ । नेपालमा प्रोमेटको आगमनको उत्सव मनाउँदै कम्पनीले आफ्ना अफर सार्वजनिक गरेको हो ।
कम्पनीले स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हबलगायतका उपकरण खरिद गरेमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिने भएको छ । यस्तै, यही जेठ ३२ गतेसम्म दराज फ्लास सेलमार्फत कम्पनीका सामग्री खरिद गर्ने दुई जनालाई कम्पनीले एकएक वटा सुनको सिक्का दिनेछ । त्यस्तै, पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत ५ जनालाई प्रोमेटका सामग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने योजना पनि कम्पनीले ल्याएको छ । यी सबै अफरहरू दराज अनलाइन स्टोरमा फ्लास सेल नामले जेठ ३२ गतेसम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया