सल्युट गोर्खा ट्रेनिङका सञ्चालक दुबईमा सम्मानित
काठमाडौं । पोखरा १४ चाउथेमा रहेको सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिका सञ्चालक राहुल पाण्डे दुबईमा योङ इन्टरप्रेन्योर अफ द इयर २०२३ बाट सम्मानित भएका छन् । ग्लोबल एम्पायर इभेन्ट्स र बिजनेस टिभीको संयुक्त आयोजनामा दुबईमा भएको कार्यक्रममा पाण्डे आइकन अफ एसिया अवार्डमा क्रियटिभ इन्टरप्रेन्योर अफ द इयरबाट सम्मानित भएका हुन् । उनलाई ग्लोबल एम्पायर र बिजनेसनका प्रबन्ध निर्देशक उदयवीर सिंह बिन्द्राले सम्मान गरेका हुन् । आइकन अफ एसिया अवार्डमा आठ राष्ट्रभन्दा बढीको सहभागिता रहेको थियो । सञ्चालक पाण्डेले अवार्ड प्राप्त गर्नु उपलब्धिसँगै जिम्मेवारी पनि थपिएको बताए । उनले आफ्नो व्यवसायलाई अगाडि थप बढाउन र निरन्तरताका लागि दृढ संकल्प गरे । सन् २००९ मा पोखरामा स्थापना भएको यस ट्रेनिङ सेन्टरका शाखाहरू काठमाडौं, ललितपुर, सुर्खेत, दाङ, बुटवल, चितवन र धरानमा रहेका छन् ।
सेन्टर स्थापना कालदेखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिङ्गापुर पुलिस, इन्डियन आर्मी, नेपाल आर्मीलगायत विभिन्न देशहरूमा गोर्खा सैनिक भर्ती गराउन सफल संस्था हो । संस्थाले एसियाको बेस्ट गोर्खा भर्ती तथा प्रशिक्षण एकेडेमी अवार्ड र एसियाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र अवार्ड पाएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया