Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको प्रिमियम अब फोन–पेबाट तिर्न सकिने

सिटिजन लाइफको प्रिमियम अब फोन–पेबाट तिर्न सकिने


काठमाडौं, वैशाख १५
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम अब फोन–पेमार्फत गर्न सकिने भएको छ । ग्राहकहरूको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम योजनाहरू ल्याउने क्रममा कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरूले सहजरूपमा विनाझन्झट घर बसेरै अनलाइन एपमार्फत आफ्नो प्रिमियम तिर्न सकिने सेवा फोन–पेको शुभारम्भ गरेको हो ।

अनलाइन पेमेन्ट सिस्टमको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरूको मोबाइल बैंकिङ एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहजरूपमा भुक्तानी गर्न सक्नेछन् । कम्पनीले सदैव आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजनाअनुसार अघि पनि ई–सेवा तथा डिजिटल बैंकिङमार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो ।

फोन–पे एपले बीमा शुल्क तिर्न थप विकल्प हुनुका साथै अझै थप सहजता प्रधान गरेको कम्पनीले जानकारी दिएको छ । चुक्ता पुँजी एक अर्ब ७५ करोड रूपैयाँ रहेको कम्पनीले १० करोड तीन लाख ४२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा सात करोड एक लाख ७६ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ३५ लाख ४२ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा चार करोड नौ लाख ९५ हजार रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया