Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुुच्छ्रे बैंकका थापा र न्यौपाने नायब महाप्रबन्धकमा बढुवा

माछापुुच्छ्रे बैंकका थापा र न्यौपाने नायब महाप्रबन्धकमा बढुवा


काठमाडौं, वैशाख १५
माछापुच्छ्रे बैंक लिमिटेडमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रबन्धक पदमा बढुवा भएका छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलिसकेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैंकिङ क्षेत्रमा २० वर्षको अनुभव भएका थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । सन् २००० बाट बैंकिङ करियर सुरु गरेका थापासँग बैंक अफ काठमाण्डौं तथा सानिमा बैंकमा काम गरेको अनुभव रहेका छन् । न्यौपाने कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापनलगायतका विषयमा पोख्त बैंकरमा पर्छन् । विगत छ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध थापालाई बैंकिङ क्षेत्रमा बैंकिङ विजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छन् ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाडौँ विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसँग बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव रहेको छ । जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिङ सञ्चालनमा राम्रो दख्खल राख्छन् । साथै, सेल्स र मार्केटिङमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत रहेका छन् । उनीसँग एभरेष्ट बैंक तथा एनआईसी बैंकमा विभिन्न भूमिकामा काम गरेको अनुुभव रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया