नेपाल राष्ट्र बैंक ६५औं वर्षमा
काठमाडौं, वैशाख १५
नेपाल राष्ट्र बैंक ६५औं वर्षमा प्रवेश गरेको छ । राष्ट्र बैंकका अनुसार वैशाख १४ गतेबाट राष्ट्र बैंकको ६४औं वर्ष पूरा गरी ६५औं वर्षमा प्रवेश गरेको हो । सोही अवसरमा राष्ट्र बैंकले आफ्नो वेबसाइटलाई नयाँ रूपमा प्रस्तुुत गरेको छ । पुरानो वेबसाइटमा तथ्यांकहरू अद्यावधिक गर्न, विश्लेषण गर्न समेत असहज भएको हुुँदा वेबसाइटलाई नयाँ रूपमा प्रस्तुत गरिएको राष्ट्र बैंकले जनाएको छ । वार्षिक उत्सवकै अवसरमा राष्ट्र बैंकले मुुलुकको आर्थिक स्थायित्व र दिगो विकास, सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र सोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन एवं वित्तीय पहुँचको वृद्धि गर्दे वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने तथा लक्षित आर्थिक वृद्धिदर हासिल गर्नमा सहयोग पु-याउने बताएको छ ।
यसैगरी राष्ट्र बैंकले नोवेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्ने जिम्मेवारी बोधमा साथ केन्द्रीय बैंकले भूमिका निर्वाह गर्न बताएको छ । बैंक तथा वित्तीय संस्थाहरूको नियामकको रूपमा रहेको राष्ट्र बैंकले हाल २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ८९ वटा लघुुवित्त वित्तीय संस्था एवं एउटा पूर्वाधार विकास बैंकसमेत गरी एक सय ६२ वटा संस्थालाई नियमन गर्दै आएको छ । यसबाहेक राष्ट्र बैंकले थुप्रैं मनिचेन्जर कम्पनी, रेमिट्यान्स कम्पनी आदिलाई पनि नियमन गर्दै आएको छ ।
राट्र बैंकको ६५औं वर्षको इतिहासमा पछिल्लो पटक गभर्नर नियुक्त भएका महाप्रशाद अधिकारीसहित १७ जनाले गभर्नरको भूमिका निर्वाह गरिसकेका छन् । जसमध्ये पहिलो गभर्नरको रूपमा हिमालय समशेर जबरा रहेका छन् भने दोस्रो गर्भनरमा लक्ष्मीनाथ गौत्तम रहेका थिए । सोपश्चात् भने प्रधुम्नलाल राजभण्डारी, डा. बेखबहादुर थापा, डा. यादवप्रसाद पन्त, कुुलशेखर शर्मा, कल्याणविक्रम अधिकारी, कुुलशेखर शर्मा, गणेशबहादुर थापा, हरिशंकर त्रिपाठी, सत्यन्द्र प्यारा श्रेठ, डा. तिलकबहादुर रावल, दिपेन्द्रपुुरुष ढकाल, विजयनाथ भट्टराई, दिपेन्द्रबहादुर क्षेत्री डा. युुवराज खतिवडा, डा. चिरञ्जीवी नेपाल र महाप्रसाद अधिकारी रहेका छन् ।
६५औं वर्षसम्म आइपुुग्दा नियुक्त भएका गभर्नरहरू
क्रसं गभर्नरको नाम कार्यकाल
१. हिमालय शमसेर जबरा अप्रिल २६, १९५६ देखि फेब्रुअरी ७, १९६१
२. लक्ष्मीनाथ गौत्तम फेब्रुअरी ८, १९६१ देखि जुुन १७, १९६५
३. प्रधुम्नलाल राजभण्डारी जुुन ८, १९६५ देखि अगस्ट १३, १९६६
४. डा. बेखबहादुर थापा अगष्ट १४, १९६६ देखि जुुलाइ २६,१९६७
५. डा. यादवप्रसाद पन्त अप्रिल २४, १९६८ देखि अप्रिल २८, १९७३
६. कुलशेखर शर्मा अप्रिल २९ १९७३ देखि डिसेम्बर १२, १९७८
७. कल्याणविक्रम अधिकारी जुुन १३, १९७९ देखि डिसेम्बर ८, १९८४
८. गणेशबहादुर थापा मार्च २५, १९८५ देखि मे २२, १९९०
९. हरिशंकर त्रिपाठी अगष्ट १०, १९९० जनवरी १७ १९९५
१०. सत्यन्द्रप्यारा श्रेष्ठ जनवरी १८, १९९५, जनवरी १७, २०००
११. डा. तिलकबहादुर रावल जनवरी १८, २००० जनवरी १७, २००५
१२. दिपेन्द्रपुरुष ढकाल अगष्ट २९, २०० देखि अप्रिल २७, २००१
१३. विजयनाथ भट्टराई जनवरी ३१ २००५ जनवरी ३०, २०१०
१४. दिपेन्द्रबहादुर क्षेत्री जनवरी १५, २००९ देखि जुुलाई २६, २००९१५
१५. डा. युवराज खतिवडा मार्च २२, २०१० देखि मार्च १९, २०१५
१६. डा. चिरञ्जीवी नेपाल मार्च २२, २०१५ देखि मार्च १८, २०२०
१७. महाप्रसाद अधिकारी अप्रिल ६, २०२० देखि हाल
(स्रोत नेपाल राष्ट्र बैंक)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया