Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफको बीमा शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने

गुराँस लाइफको बीमा शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने


काठमाडौं, वैशाख १५
गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क ई–सेवादेखि भुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितले आफ्नो नियमित बीमाशुल्क ई–सेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै ई–सेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ ।

गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौं । यस किसिमको सहकार्यले बीमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर ९० हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेको ई–सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा एक करोडभन्दा बढीले सेवा लिइरहेका छन् । ई–सेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइ जहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

२०६४ सालमा पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले गुराँस सावधिक जीवन बीमा योजना, गुराँस अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना, गुँरास जीवनश्री (सावधिक र आजीवन) बीमा योजना, गुराँस बाल सुरक्षा जीवन बीमा योजना, गुराँस सञ्जीवनी अग्रिम भुक्तानी जीवन बीमा योजना, गुराँस जीवन रक्षक (सीमित भुक्तानी सावधिक जीवन बीमा योजना)जस्ता बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले मुलुकभर ७६ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया