Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकद्वारा एक सय घरधुरीलाई खाद्यान्न सहयोग

हिमालयन बैंकद्वारा एक सय घरधुरीलाई खाद्यान्न सहयोग


काठमाडौं, वैशाख १५
हिमालय बैंकले एक सय घरधुरीलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाँकेको सोनारी गाउँपालिकाका एक सय घरधुरीलाई खाद्यान्न सहयोग गरेको हो । विश्वभरि फैलिएको कोरोना भाइरस रोग (कोभिड—१९) को महामारीबाट नेपालमा पनि केही व्यक्तिहरूमा संक्रमण देखिएकाले सो भाइरसविरुद्ध लड्न नेपाल सरकारद्वारा विगत एक महिनादेखि मुलकभरि बन्दाबन्दी लागू गरेको छ ।

बन्दाबन्दीका कारण रोजगारी नपाउँदा ज्यालादारी तथा गरिब जनताहरूलाई दैनिकरूपमा हातमुख जोर्न समस्या भएको छ । यो अवस्थामा बैंकले सय घरधुरी परिवारलाई आवश्यक पर्ने चामल, दाल, नुन, तेललगायत वितरण गरेको जानकारी दिएको छ । बैंकका अनुसार शाखा प्रबन्धक भरत भुषालले गाँउपालिका अध्यक्ष लहुराम थारुलाई खाद्यान्न हस्तान्तरण गरेको हो । यसअघि पनि बैंकले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख सहयोग गरेको थियो ।

यसका साथै बैंकले धनगढी उपमहानगरपालिकामा पनि राहत स्वरूप खाद्यान्न वितरणको लागि ५० हजार रूपैयाँ सहयोग गरेको जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ७४ करोड २४ लाख छ हजार चार सय ७६ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भनेको ९२ करोड ९२ लाख ८९ हजार छ सय ८० रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३६ करोड ७० लाख ४३ हजार एक सय ४७ रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी आठ अर्ब ५२ करोड दुई लाख ५५ हजार आठ सय ४४ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब १२ अर्ब ७२ करोड ९१ लाख १० हजार सात सय १९ रूपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७२ करोड चार लाख ५३ हजार चार सय १० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ५७ करोड ८० लाख ६० हजार एक सय ५७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

गत आवको सोही अवधिमा बैकले एक खर्ब नौ अर्ब ३८ करोड ७० लाख ६० हजार चाार सय ३३ रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ६९ करोड ७३ लाख १८ हजार सात सय ६० रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ४९ करोड ३४ लाख ३७ हजार छ सय आठ रूपैैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया