शाइन रेसुङ्गाको डेभलपेन्ट बैंकको छ महिनाको नाफा ३० करोड
काठमाडौं, वैशाख १६
शाइन रेसुङ्गा डेभलापमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड सात लाख ९४ हजार छ सय रूपैयाँ खुुद मुनाफा कमाएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने २५ करोड ३६ लाख ६० हजार सात सय २० रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १९ करोड ९० लाख ३४ हजार तीन सय ८५ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब ६२ करोड २९ लाख चार हजार एक सय २४ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २६ अर्ब ७७ करोड ५६ लाख ३० हजार एक सय २१ रूपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८९ करोड ८२ लाख ४८ हजार ५९ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६८ करोड ६६ लाख ७२ हजार छ सय ७७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले १८ अर्ब ८५ करोड १५ हजार सात सय ६७ रूपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८९ करोड ९० लाख ९२ हजार दुुई सय १४ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४० करोड ९९ लाख ८० हजार सात सय १३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया