Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसहारा विकास बैंकको नाफा बढ्यो

सहारा विकास बैंकको नाफा बढ्यो


काठमाडौं, वैशाख १६
सहारा विकास बैंकको खुुद मुनाफा बढेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४५ लाख ३५ हजार सात सय ७७ रूपैयाँ खुद मुनाफा कमाएको छ । बैकका अनुसार आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक करोड १५ लाख ४३ हजार चार सय ६३ रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार नौ सय ३० रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७८ करोड दुुई लाख चार हजार नौ सय पाँच रूपैयाँ निक्षेप संकलन गरी ६९ करोड ९२ लाख ५५ हजार तीन सय नौ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ४२ लाख पाँच हजार आठ सय ३० रूपैया खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले ६८ करोड ८४ लाख ७२ हजार चार सय ५२ रूपैयाँ निक्षेप संकलन गरी ५९ करोड ३४ लाख ९० हजार पाँच सय ८६ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड १५ लाख ४३ हजार चार सय ६३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया