Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफद्वारा आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा

प्राइम लाइफद्वारा आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा


काठमाडौं, वैशाख १६
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरूको प्रतिव्यक्ति एक लाख रूपैयाँको दरमा कोरोना बीमालेख प्रदान गर्ने निर्णय गरेको हो । हाल विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ । साथै कम्पनीले बीमा समितिबाट सञ्चालनमा आएको कोभिड १९ रोगको संक्रमणसम्बन्धी बीमा गर्ने निर्णय गरेकोे समेत गरेको जानकारी समेत कम्पनीले दिएको छ ।

चुक्ता पुँजी दुुई अर्ब ७९ लाख ३९ हजार रूपैयाँ कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १५ करोड ६० लाख ५४ हजार रूपैयाँ खुुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा नौ करोड पाँच लाख २६ हजार रूपैयाँ रहेको थियो । चालू आवको दोस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १५ रूपैयाँ ५४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ५८ रूपैयाँ ४६ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया