Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकका ग्राहकहरूलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

मेगा बैंकका ग्राहकहरूलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि


काठमाडौं, वैशाख १६
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ । मेगा बैंकसँग भएको सम्झौताअनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवा दिने तथा औषधि पु-याउने भएको हो । मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरूले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएका छन् ।

इजी केयरको वेबसाइट, टेलिफोन नम्बरहरू ९८६०९८०९९९, ९८६०९८०७७७ तथा भाइबर र ह्वाट्सएपमार्फत ग्राहकहरूले इजी केयरलाई सम्पर्क गर्न सक्नेछन् । देशव्यापी लकडाउनका कारण बिरामीहरूलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले मेगाले इजी केयरसँग सम्झौता गरेको हो ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९५ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड दुई लाख खुद मुनाफा गर्न सफल भएको हो । जबकी आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रूपैंया मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरणअनुसार, गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत मुनाफा वृद्धि गर्न सफल भएको छ ।

२०७६ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कुल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ जुन २० प्रतिशतभन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशतभन्दा बढीको वृद्धि हो । बैंकको देशभर एक सय ११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, एक सय १४ वटा एटीएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ केन्द्रहरू र २५ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x