Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार वैशाख २५ गतेसम्म नै बन्द

सेयर बजार वैशाख २५ गतेसम्म नै बन्द


काठमाडौं, वैशाख १६
सेयर बजार वैशाख २५ गतेसम्म नै बन्द हुुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले विज्ञप्ति जारी गर्दै नेप्सेको नियमित कारोबार कक्ष वैशाख २५ गतेसम्म नै बन्द हुुने घोषणा गरेको हो । सोपश्चात् अर्थात् वैशाख २६ गतेदेखि भने नेप्सेको नियमित कारोबार खुला हुुने भन्दै सोहीअनुुसार तयारी गर्न पनि नेप्सेले सम्बन्धित निकायहरूलाई जानकारी दिएको छ ।

नेप्सेले विज्ञप्ति जारी गर्दै भनेको छ, हाल कोभिड १९ को विश्वव्यापी महामारीको कारणले उत्पन्न असहज परिस्थितिबाट धितोपत्र दलाल, व्यवसायी, लगानीकर्ता, बजार सञ्चालक, एवं सम्बद्ध सबै पक्षमा हुुनसक्ने संक्रमण जोखिम न्यूनीकरणको लागि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम सेयर कारोबार स्थगन गरेको हो । नेपाल सरकारबाट संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवधि यही चैत १८ गतेदेखि यही चैत २५ गतेसम्मको लागि बन्द गरिएको थियो ।

सोअनुुसार यही चैत २६ गतेबाट सेयर कारोबार खुल्ने भनिए पनि नेपाल सरकार मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको बैठकले लकडाउनको अवधि चैत २६ गतेदेखि वैशाख तीन गतेसम्मको लागि निरन्तरता दिएपछि उक्त समयसम्मको लागि सेयर कारोबार स्थगन गर्ने निर्णय गरिएको थियो । सोपश्चात् सरकारले पुुनः वैशाख चार गतेदेखि वैशाख १५ गतेसम्म नै लकडाउनको घोषणा गरेको थियो । सोही आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को वैशाख तीन गते बुुधबार बसेको बैठकले वैशाख १५ गतेसम्म नै नेप्सेको नियमित कारोबार कक्ष बन्द गर्ने निर्णय गरेको थियो । तर, त्यसपश्चात् पनि सरकारले लकडाउनको अवधि १० दिन थपेर वैशाख २५ गतेसम्म कायम गरेपछि सेयर कारोवार पनि उक्त अवधिसम्मको लागि बन्द हुुने भएको हो ।

नेप्सेमा हाल सबै किसिमका गरी दुुई सय १२ वटा कम्पनीहरू सूचीकृत रहेका छन् । लकडाउनपश्चात् यी सबै कम्पनीहरूको नियमित सेयर कारोबार रोकिएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये एक सय ४८ वटा बैंक तथा संस्थाहरू बीमा कम्पनीहरू सूचीकृत रहेका छन् । यीमध्ये ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र चार अन्य समूहका रहेका छन् ।

२०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ८० दशमलव तीन प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीकोे हिस्सा पाँच दशमलव आठ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा तीन दशमलव सात प्रतिशत, होटलको हिस्सा एक दशमलव पाँच प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव तीन प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा आठ दशमलव पाँच प्रतिशत रहेको नेप्सेले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x