नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्ने
काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक हजार अंकित मूल्य कायम रहने गरी दुई अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । बैंकका अनुसार वार्षिक नौ प्रतिशत ब्याजदर तोकेर १० वर्षे अवधिको नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ जारी गर्न लागेको हो । जारी गरिने कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २० लाख कित्ताको दरले हुन आउने एक अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुने बताइएको छ । यसैगरी ४० प्रतिशत अर्थात् आठ लाख कित्ताको दरले हुन आउने ८० करोड रूपैयाँ बराबरको ऋणपत्र भने सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । यसमा पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषको लागि छुट्याइएको बताइएको छ ।
बैंकका अनुसार खरिदकर्ताले न्यूनतम २५ देखि अधिकतम आठ लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्ने छन् । यसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । बैंकको ऋणपत्रको बिक्री कार्य यही साउन १८ गतेबाट सुरु भई छिटोमा यही साउन २२ गते र ढिलोमा साउन ३२ गते बन्द हुने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया