फस्ट माइक्रोफाइनान्सको खुद मुनाफा १९ करोड ६९ लाख
काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८० मा १९ करोड ६९ लाख ३० हजार छ सय ६६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २५ करोड ७० लाख ५२ हजार नौ सय ७८ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी एक अर्ब १४ करोड ७७ लाख ४५ हजार नौ सय ५६ रुपैयाँ रहेको संस्थाले आव २०७९÷८० मा सात अर्ब ६५ करोड ६२ लाख १५ हजार आठ सय १२ रुपैयाँ कर्जा प्रवाह गरी ४३ करोड ३४ लाख ३४ हजार ३९ रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । सो अवधिमा शून्य दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर दुई दशमलव २७ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा १७ करोड ७१ लाख ७५ हजार छ सय तीन रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले १० अर्ब ३९ करोड २१ लाख ६३ हजार सात सय ६० रुपैयाँ कर्जा प्रवाह गर्दा ४२ करोड ५४ लाख ७२ हजार छ सय ६७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा निष्क्रिय कर्जा शून्य रहेको संस्थामा दुई दशमलव ६२ प्रतिशत स्प्रेडदर रहेको थियो भने वितरणयोग्य नाफा २१ करोड ९० लाख ३१ हजार तीन सय ५४ रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध सर्वोच्चमा रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
- राजश्व छलीका ८० थान मोबाइलसहित एक जना पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया