मनकामना इन्जिनियरिङ हाइड्रोको सेयर बाँडफाँट
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको बाँडफाँट कार्य हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि निष्काशन गरेको प्राथमिक सेयरको बाँडफाँट गर्न लागेको हो ।
कम्पनीका अनुसार बिओके क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन तथा बिक्री खुल्ला गरिएको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीको निमित्त दुई लाख कित्ता सेयरको लागि २०८० असार १९ गतेदेखि २०८० साउन दुई गतेसम्म तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आठ लाख कित्ता सेयरको लागि २०८० असार १९ गते देखि २०८० साउन नौ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । सेयरको मंगलबार बाँडफाँट गरिने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया