इ–सेवाबाट बीमा शुल्क नवीकरण गर्नेलाई ल्यापटप
काठमाडौं । भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इ–सेवामार्फत बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा भाग्यशाली एक जनाले डेलको ५३२ इन्चको ल्यापटप जित्न सक्ने अफर ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साउन २५ गतेसम्म सञ्चालन हुने यो अभियानमा हरेक दिन पाँच जना भाग्यशाली ग्राहकले पाँच सय रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न
सक्ने छन् ।
यो योजनामा सहभागी हुन कुनै पनि लाइफ इन्स्योरेन्सको प्रिमियम इ–सेवामार्फत भुक्तानी गरेको हुनुपर्ने जनाइएको छ भने भुक्तानी गर्ने व्यक्ति इ–सेवामा प्रमाणित भएको हुनुपर्नेछ । दैनिक उपहार विजेताको नाम हरेक हप्ता इ–सेवाको ब्लग र फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । अन्त्यमा ग्राण्ड पुरस्कार विजेता छनोट गरी ल्यापटप प्रदान गरिने छ । ग्राण्ड पुरस्कार विजेताको नाम इ–सेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।
हाल इ–सेवाको सेवा एन्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ७५ लाख बढी ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्षरूपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानीलगायत सेवा तथा मर्चेन्टको भुक्तानी गर्न सकिने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया