सिटिजन्स बैंक र दराजबीच छुट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दराज क्यामु प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा विशेष छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डबाहकले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा पाँच सय रुपैयाँसम्म छुट पाउन सक्ने बताइएको छ । यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिखपश्चात् नयाँ कार्ड प्राप्त गर्नुहुने ग्राहकले दराजमा पहिलोपटक कारोबार गर्दा समेत थप एक सय ५० रुपैयाँसम्मको भौचर प्राप्त गर्न सक्ने बताइएको छ ।
थापाथलीस्थित रोटरी कम्प्लेक्समा रहेको दराज क्यामुको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै बैंकका मास बैकिङ अधिकृत मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डबाहकलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सेवाको विकास हुने धारणा व्यक्त गरे । सो अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत अर्यालले दराज समग्र ई–कमर्स क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनमा समेत बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्र्धन गर्दै जाने धारणा राखे ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया