एनआईएमबी क्यापिटल र ज्योति विकास बैंकबीच सम्झौता नवीकरण
काठमाडौं । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआईएमबी एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंकसँग सेयर रजिस्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । सम्झौतामा क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरे ।
यो नवीकरणले सेयरधनीलाई प्रभावकारी र विश्वासिलो सेयर रजिस्ट्रार सेवा प्रदान गर्ने विश्वास कम्पनीको छ । साथै, क्यापिटल र बैंकको साझा प्रतिबद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्नेछ । दुुवै संस्थाले विगत वर्षदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालासँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेको कम्पनीले बताएको छ ।
यो नवीकरणले एकअर्काको सेवाप्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुको साथै एनआईएमबी एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाको असाधारण गुणस्तरलाई पनि पुष्टि गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया