स्ट्यान्डर्ड चार्टर्डद्वारा सिक्वल फाउन्डेसनलाई ५० लाख सहयोग
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा पिछडिएका युवतीहरूको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि ‘युचर प्रोजेक्ट’लाई उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
सिल्प प्रोजेक्ट बागमती र कोशी प्रदेशका विद्यालय वा उच्च माध्यमिक विद्यालय छाड्ने युवतीहरूलाई सर्टिफाइन्ड ब्लु–कलर जब स्किल प्रदान गरी सशक्तीकरणमा केन्द्रित रहेको छ । यो ‘प्रोजेक्ट किशोरी’ विस्तारित परियोजना हो । युवतीहरूलाई आधारभूत, वित्तीय, डिजिटल र जीवन उपयोगीसीप प्रदान गर्ने उद्देश्यले सञ्चालित प्रोजेक्ट किशोरीलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकले सहयोग गरेको थियो । प्रोजेक्ट किशोरीले युवतीहरूलाई आवश्यक रुपान्तरण र जीवन उपयोगी सीप प्रदान गर्दछ भने प्रोजेक्ट सिल्पले अघिल्लो समूहका केही सर्टलिस्ट गरिएका युवतीहरूलाई उद्योग सञ्चालनका कामका लागि आवश्यक सीप प्रदान गर्दैछ । यी प्रोजेक्टको मुख्य उद्देश्य युवतीहरूलाई आफ्नो शिक्षामा खर्च गर्न सक्ने गरी दीर्घकालका लागि आर्थिक रुपमा स्थिर बनाउने नै रहेको छ ।
यी दुवै प्रोजेक्टको मुख्य लक्ष्य सातै प्रदेशका १० वटाभन्दा बढी सार्वजनिक कलेजका दुई सय भन्दा बढी उच्च शिक्षा हासिल गरेका युवतीहरूलाई लाभान्वित बनाउने रहेको छ । बैंककी कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ हेड वर्षा पिल्लाई सिक्वल फाउन्डेसनसँगको यो सहकार्यले पिछडिएका युवतीहरूलाई आफ्नो शिक्षालाई निरन्तरता दिन हौसला प्रदान गर्ने बताइन् । ‘यसका साथै उनीहरूलाई प्रदान गरिने जीवन उपयोगी सीपले तिनका परिवाहरूको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ’, उनले भनिन्, ‘आउँदो पुस्तालाई सिक्न, कमाउन र बढ्नका लागि सशक्तीकरण गर्ने उद्देश्यले हाम्रो विश्वव्यापी पहल ‘युचरमेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’सँग यो परियोजनामा जोडिएका हौँ । सिक्वल फाउन्डेसनकी प्रबन्ध निर्देशक आस्था शर्माले स्ट्यान्डर्ड बैंक नेपालको सहयोगप्रति आभार प्रकट गरिन् । ‘यो परियोजनामा बैंकले गरेको अमूल्य सहयोग त्यस्ता पिछडिएका युवतीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरक साबित हुनेछ’, उनले भनिन्, ‘त्यस्ता युवतीहरूको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण जीवन उपयोगी सीप प्रदान गर्दै सशक्त बनाउने हाम्रो लक्ष्य रहेको छ ।’
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया