Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘सेयर बजार बन्द हुँदा सबैभन्दा बढी मारमा ब्रोकर व्यवसायी परेका छन्’

‘सेयर बजार बन्द हुँदा सबैभन्दा बढी मारमा ब्रोकर व्यवसायी परेका छन्’


काठमाडौँ, वैशाख १७
बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाडो खुलाउनुपर्नेमा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जोड दिएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले पुँजीबजारका सरोकारवालहरूसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै रानाभाटले बजार बन्द भए पनि ब्रोकर व्यवसाय सञ्चालकको खर्च निर न्तर भएकाले समस्या हुने बताए ।

वैशाख २५ गतेको समयभित्र बजार खोल्ने वातावरण मिलाउन जोड दिर्दै उनले ब्रोकरको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताए । हाललाई लगानीकर्ताहरूको खाता नवीकरणका लागि छुट दिने व्यवस्था मिलाउने निष्कर्षमा हामी पुगेका छौँ । लकडाउन र संक्रमण अन्त्य हुने निश्चित नभएको अवस्थामा बजार खोल्नुको विकल्प नभएको अध्यक्ष रानाभाटको भनाइ छ । यस्तो अवस्थामा लगानीकर्ताको मनोबल बलियो बनाउनेतर्फ सरकार र नियामक निकायले सोच्नुपर्ने तर्क उनको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया