Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचौतारी लघुुवित्तले कमायो दुुई करोड ६५ लाख नाफा

चौतारी लघुुवित्तले कमायो दुुई करोड ६५ लाख नाफा


काठमाडौँ, वैशाख १७
चौतारी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ६५ लाख ३२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड पाँच लाख १६ हजार रूपैैयाँ रहेको थियो ।

चुक्ता पुँजी १९ करोड ९० लाख २० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ५९ करोड ५१ लाख ८६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ५६ लाख ५० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १५ लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७९ लाख ८४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २४ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ३३ करोड २४ लाख ३० हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ करोड ८० लाख २४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ८२ लाख ४६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५७ लाख ३५ हजार रूपैैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया