समृद्धि फाइनान्स र होटल ठमेल पार्कबीच सम्झौता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच सम्झौता भएको छ । समृद्धि फाइनान्सका ग्राहकले होटलमा सेवा लिँदा २० प्रतिशतसम्मको छुट प्राप्त गर्ने गरी सम्झौता भएको फाइनान्सले जनाएको छ । तर यसका लागि फाइनान्सको मोबाइल बैकिङ, डेबिट कार्ड तथा क्युआर प्रयोग गरी भुक्तानी गर्नुपर्ने हुन्छ ।
त्यस्तै, होटल र स्पामा २० प्रतिशत, फुड, वेभरेज तथा कोठामा १५ प्रतिशत छुट प्राप्त गर्ने सकिने फाइनान्सले जनाएको छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया