वाणिज्य बैंकहरूले कमाए ७० अर्ब
१४ वटा बैंकको वितरणयोग्य मुनाफा घट्यो
काठमाडौं । आर्थिक वर्ष २०७९/८०को सुरुवातमा अर्थतन्त्रमा देखिएको शिथिलताले बैंक तथा वित्तीय संस्थाहरू निक्षेप र कर्जा प्रवाहमा खुम्चिनु परेको थियो । वर्षको सुरुदेखि नै बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम अभावको समस्या देखिएको थियो । वित्तीय प्रणालीमा अपेक्षा गरेअनुसार निक्षेप नबढ्नु र कर्जाको माग पूरा गर्न नसक्दा वित्तीय असन्तुलनको अवस्थामा उत्पन्न हुने जोखिम थियो । सोही कारण बैंकहरूले ब्याजदर बढाए । यसको असरले फेरि कर्जाको माग घट्यो । आर्थिक वर्षको अन्तिम त्रैमासमा भने अवस्था उल्टियो । बैंकहरूमा अधिक तरलता देखियो । नयाँ कर्जा माग नहुनु र भएको अवस्थामा पनि तत्काल जोखिम नउठाउने बैंकहरूको इच्छाअनुसार नयाँ कर्जा प्रवाह भएन । तर पनि वाणिज्य बैंकहरूका लागि आर्थिक वर्ष २०७९/८० नाफाको आधारमा सुखद देखिएको छ । प्रतिकूल अवस्थाका बाबजुत पनि धेरैजसो बैंकहरूको नाफा बढ्नुले आर्थिक वर्ष २०७९/८० बैंकहरूको लागि सफल वर्ष मान्न सकिन्छ ।
बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/८०मा कुल ७० अर्ब १७ करोड ५८ लाख १२ हजार तीन सय १० रुपैयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरूले कमाएको यो नाफा २०७८/७९ को तुलनामा १४ अर्ब ३४ लाख ५६ रुपैयाँले बढी छ । उक्त आर्थिक वर्षमा बैंकहरूले कुल ५६ अर्ब १७ करोड २२ लाख ८३ हजार चार सय ९० रुपैयाँ कमाएका थिए ।
दुई बैंकले कमाए सात अर्ब बढी
गत आर्थिक वर्षमा दुईवटा वाणिज्य बैंकले सात अर्बभन्दा बढी नाफा कमाएका छन् । नबिल बैंकले सर्वाधिक सात अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ कमाएको छ । यसपछि ग्लोबल आईएमई बैंकले सात अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ कमाएकोे छ । अघिल्लो आर्थिक वर्षमा नबिलले चार अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । यस्तै ग्लोबल आईएमई बैंकले चार अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ कमाएको थियो ।
यी दुई बैंकबाहेक अन्य बैंकहरूले पाँच अर्बभन्दा कम कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ कमाएर धेरै कमाउनेमध्ये तेस्रो स्थानमा छ । यस्तै एनआईसी एसिया बैंकले चार अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब २९ करोड २८ लाख २१ हजार रुपैयाँ, एनआईसी एसिया बैंकले चार अर्ब २१ करोड ४९ लाख २६ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब ७९ करोड ७५ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, एनएमबी बैंक र एभरेष्ट बैंकले गत आर्थिक वर्षमा क्रमशः तीन अर्ब ५२ करोड ५४ लाख १७ हजार, तीन अर्ब ४१ करोड १५ लाख २६ हजार, तीन अर्ब ४१ करोड चार लाख ९९ हजार र तीन अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ खुद मुनाफाकमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूले क्रमशः दुई अर्ब २५ करोड ५९ लाख ३४ हजार, दुई अर्ब ९२ करोड ३२ लाख ७७ हजार र दुई अर्ब ४७ करोड ९४ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । यस्तै, हिमालयन, सिद्धार्थ र कृषि विकास बैंकले क्रमशः तीन अर्ब २६ करोड ६१ लाख ६७ हजार, तीन अर्ब १९ करोड एक लाख ११ हजार र तीन अर्ब नौ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूले क्रमशः दुई अर्ब ३६ करोड ७५ लाख ३८ हजार, दुई अर्ब ९० करोड २४ लाख ६४ हजार र दुई अर्ब २२ करोड ५७ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । प्रभु, सानिमा, प्राइम कमर्सियल र लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० क्रमशः दुई अर्ब ८२ करोड ५२ लाख ४९ हजार, दुई अर्ब ६१ करोड ९२ लाख १६ हजार, दुई अर्ब २६ करोड ३१ लाख ३४ हजार र दुई अर्ब २६ करोड १८ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूले क्रमशः एक अर्ब ९० करोड २० लाख १५ हजार, दुई अर्ब नौ करोड ३१ लाख १५ हजार, दुई अर्ब ७८ करोड ७३ लाख ३६ हजार र एक अर्ब ५१ करोड ३४ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
आर्थिक वर्ष २०७९/८०मा नेपाल एसबीआई, सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी र माछापुच्छ्रे बैंकले भने क्रमशः दई अर्ब २४ करोड १६ लाख ४२ हजार, दुई अर्ब २१ करोड ४४ लाख २५ हजार, एक अर्ब ९५ करोड ५७ लाख सात हजार र एक अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने यी बैंकहरूको यस्तो नाफा क्रमशः एक अर्ब ६३ करोड ८३ लाख नौ हजार, दुई अर्ब पाँच करोड ६१ लाख, दुई अर्ब ५७ करोड ९८ लाख नौ हजार र एक अर्ब ५७ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
वितरणयोग्य मुनाफा कसको कति ?
एभरेष्ट बैंकले सबैभन्दा धेरै लाभांश बाँड्न सक्ने देखिएको छ । वित्तीय विवरणअनुसार एभरेष्ट बैंकले सेयरधनीलाई ४० रुपैयाँ ५० पैसाका दरले लाभांश वितरण गर्नसक्ने देखिन्छ । यसपछि एनआईसी एसिया बैंकको लाभांश क्षमता धेरै छ । यो बैंकले प्रतिसेयर ३१ रुपैयाँ ९९ पैसाका दरले लाभांश वितरण गर्न सक्नेछ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि प्रतिकित्ता २८ रुपैयाँ ९९ पैसाका दरले लाभांश वितरण गर्नसक्ने क्षमता राखेको छ । वित्तीय विवरणअनुसार एभरेष्ट बैंकको लाभांश क्षमता अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो भने एनआईसी एसिया र स्ट्याण्डर्ड चार्टर्ड बैंकको बढेको हो ।
वित्तीय विवरणअनुसार कृषि विकास बैंकले प्रतिसेयर १९ रुपैयाँ ८९ पैसा, सानिमा बैंकले १७ रुपैयाँ ७३ पैसा र माछापुच्छ्रे बैंकले १५ रुपैयाँ २९ पैसा लाभांश वितरण गर्नसक्ने देखिएको छ । कृषि विकास बैंकको लाभांश क्षमता अघिल्लो आर्थिक वर्षमा भन्दा झण्डै आधाले घटेको छ । सानिमा र माछापुच्छ्रे बैंकको बढेको छ ।
सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको लाभांश क्षमता १४ रुपैयाँ ६४ पैसा प्रतिसेयर छ । एसबीआई बैंकको १३ रुपैयाँ ९३ पैसा र राष्ट्रिय वाणिज्य बैंकको ११ रुपैयाँ ६० पैसा लाभांश क्षमता रहेको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र हिमालयन बैंक लाभांश वितरण गर्नसक्ने क्षमतामा देखिँदैनन् । यीमध्ये कुमारी र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । दुवै बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी तीन रुपैयाँभन्दा धेरैले ऋणात्मक देखिएको छ । यस्तै प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता एक रुपैयाँभन्दा कम छ भने प्राइम कमर्सियल बैंकको एक रुपैयाँ छ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया