Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनियममित सेयर कारोबार वैशाख २८ गतेबाट

नियममित सेयर कारोबार वैशाख २८ गतेबाट


काठमाडौँ, वैशाख १७
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नियमित सेयर कारोबार कक्ष यही वैशाख २६ गतेबाट खुला हुुने भएको छ । नेप्सेका प्रमुुख कार्र्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण बन्द रहेको सेयर बजार वैशाख २६ गतेबाट खुला गर्न लागिएको हो ।

वैशाख २६ गते शुक्रबार भएको र सो दिन नेप्से खुुले पनि सेयर कारोबार नहुने हुुँदा वैशाख २८ गतेबाट भने नियमित सेयर कारोबार हुुनेछ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले भने । कोरोनाका कारण लकडाउनको अवधि लम्बिँदै गएको यो अवस्थामा लामो समयसम्म सेयर बजार बन्द गर्न नहुने रायसहित हामीले सेयर बजार खोल्ने तयारी गरेका हौँ, प्रमुुख कार्यकारी साउदले भने ।

यो अवस्थामा सेयर लगानीकर्ताहरू, ब्रोकर कम्पनी एवं सेयर बजारसँग सम्बन्धित सबै निकायलाई सेयर बजार खुुलाउने वातावरण बनाउन निर्देशन दिएको पनि साउदले बताए । कोरोना भाइरस (कोभिड १९) को कारण सबैभन्दा बढी समस्यामा परेको क्षेत्र होटल क्षेत्र हो, होटल क्षेत्रको कारोबारमा असर देखिए पनि समग्र सेयर कारोबारमा भने कोरोना असर त्यति नदेखिएला, आर्थिक दैनिकसँग कुरा गर्दे प्रमुुख कार्यकारी साउदले भने ।

कोरोनाकारण सिंगो मुुलक नै लकडाउन हुुँदा यसले बैैकिङ क्षेत्रको नाफामा सामान्य असर गर्ने देखिए पनि सेयर बजारमा त्यति धेरै असर नपर्न सक्छ, उनले भने । लकडाउनका कारण अहिले धेरै मानिसहरू आफ्नो थाँतथलो गएका छन्, यो अवस्थामा सेयर बजार खुल्दा पहिलाको जस्तो कारोबार नहुुन सक्छ, प्रमुुख कार्यकारी साउदले भने । क्रमशः लकडाउन खुला हुुदै जाँदा सेयर नेप्से सुचकसँगै कारोबार रकम पनि क्रमिकरूपमा बढ्दै जाने उनले बताए ।

हाल कोभिड १९ को विश्वव्यापी महामारीको कारणले उत्पन्न असहज परिस्थितिबाट धितोपत्र दलाल, व्यवसायी, लगानीकर्ता, बजार सञ्चालक, एवं सम्बद्ध सबै पक्षमा हुुनसक्ने संक्रमण जोखिम न्यूनीकरणको लागि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम सेयर कारोबार स्थगन गरेको हो । नेपाल सरकारबाट संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवधि यही चैत १८ गतेदेखि यही चैत २५ गतेसम्मको लागि बन्द गरिएको थियो ।

सोअनुुसार यही चैत २६ गतेबाट सेयर कारोबार खुल्ने भनिए पनि नेपाल सरकार मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको बैठकले लकडाउनको अवधि चैत २६ गतेदेखि वैशाख तीन गतेसम्मको लागि निरन्तरता दिएपछि उक्त समयसम्मको लागि सेयर कारोबार स्थगन गर्ने निर्णय गरिएको थियो । सोपश्चात् सरकारले पुुनः वैशाख चार गतेदेखि वैशाख १५ गतेसम्म नै लकडाउनको घोषणा गरेको थियो ।

सोही आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को वैशाख तीन गते बुुधबार बसेको बैठकले वैशाख १५ गतेसम्म नै नेप्सेको नियमित कारोबार कक्ष बन्द गर्ने निर्णय गरेको थियो । तर, त्यसपश्चात् पनि सरकारले लक डाउनको अवधि १० दिन थपेर वैशाख २५ गतेसम्म कायम गरेपछि सेयर कारोबार पनि उक्त अवधिसम्मको लागि बन्द गरिएको छ । तर, सोपश्चात् भने वैशाख २६ गतेबाट कारोबार खुला गर्ने निर्णय गरेका हौँ, प्रमुुख कार्यकारी अधिकृत साउदले भने ।

‘अनलाइन कारोबारलाई पूर्ण स्वचालित बनाउन काम सुरु गरेका छौँ’(ढुंगाना)
अनलाइन कारोबारलाई प्रणालीलाई पूर्णरूपमा स्वचालित बनाउने कार्यको सुरुवात गरिसकेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुुंगानाले बताएका छन् । नेपालमा लागू गरिएको अनलाइन कारोबार प्रणाली अहिले पूर्ण नभई आधा मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको हो, अध्यक्ष ढुंगानाले भनेका छन् ।

सेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भिष्म ढुङ्गानाले लकडाउन खुलेको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागू गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका हुुन् । यसका लागि नेप्से र बोर्ड नै लागिपरेको उनले बताए । सरकाले लागू गरेको लकडाउनका बीच बजार खोल्ने वातावरण मिलाउन हामी बजार सम्बद्ध निकायहरूमा चार सयभन्दा बढी व्यक्ति उपस्थित हुनुुपर्ने र यसले लकडाउनको प्रभावकारितालाई असर गर्ने हुँदा बजार खोल्न नसकिएको उनले प्रस्ट पारे ।

तर, वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा हामी थोरै समयको कारोबार गर्ने पक्षमा छौँ । यसका लागि कुन मोडालिटिमा कारोबार सुचारु गर्ने हो भन्ने विषयमा तयारी अवस्थामा रहन नेप्सेलाई निर्देशनसमेत दिइसकेका छौँ, उनले ।

‘बजार बन्द हुँदा लगानीकर्तामा नकारात्मक सन्देश जान्छ’ (पौडेल)
कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले सेयर बजार सामान्यरूपमा भए पनि खोल्नुपर्ने तर्क नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले पुँजीबजारका सरोकारवालहरूसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले हाललाई समय घटाएर सर्किट ब्रेकरको सीमा घटाएर कारोबार अघि बढाउन सुझाव दिएका हुन् ।

वैशाख २५ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको सेयर बजार एकै पटक ४५ दिन बन्द हुन्छ । यसले नेपालको र अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने उनले प्रस्ट पारे । धितोपत्र बजारमा गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहँदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने सम्भावना रहेको समेत उनको भनाइ छ । अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरूमध्य पालो गरेर खोल्ने वातावरण मिलाउन समेत उनले बजार नियामक निकायलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x