कामना सेवा र चिल्ली बारबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एन्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच सम्झौता भएको छ ।
बुधबार भएको मर्चेन्ट सम्झौताअन्तर्गत बैंकसँग आबद्ध ग्राहकले पोखरा लेकसाइडस्थित चिल्ली बार एन्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधामा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सुविधाहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
कामना सेवाको वित्तीय साक्षरता
कामना सेवा विकास बैंकले बुधबार ललितपुरस्थित एकेडेमिया इन्टर्नेसनल कलेजमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरूलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ३० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कततालगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।
कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, ग्वार्को शाखाका प्रमुख प्रार्थना राणा कार्की निक्षेप विभागबाट सुमन दुवाडीलगायत अन्य कर्मचारी र कलेजका तर्फबाट क्याम्पसका व्यवस्थापन संकाय प्रमुख प्रकृति बोताजु र अन्य विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया