Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्युआरकोड सेवा

राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्युआरकोड सेवा


काठमाडौं । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभागमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको हो । यो सेवाको उद्घाटन आइतबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पँगेनी एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्तरूपमा गरेका हुन् ।

यो सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीले क्युआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ । यसबाहेक फरकफरक माध्यमबाट डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको जनाएको छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया