नियामकीय प्रावधान मिच्ने तीन बैंकलाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान पालना नगर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंक कारबाहीमा परेका हुन् । यी बैंकले नियामकीय प्रावधान नमानेर संस्थागत सुशासन कायम नगरेको पाइएको राष्ट्र बैंकको सुपरीवेक्षण विभागले जनाएको छ ।
यी बैंकहरूमध्ये प्राइम कमर्सियल बैंकको बदमासी धेरै देखिएको छ । गत आर्थिक वर्षमा प्राइम बैंकले कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र प्रिमियम दर बढाई ब्याज असुल गरेको भेटिएको हो । प्राइम बैंकले बदनियतपूर्वक नियामकीय प्रावधान मिचेर प्रिमियम दर बढाई ऋणीबाट बढी ब्याज असुलेको पाइएको हो । यसरी तीनवटा नियम मिच्दा पनि राष्ट्र बैंकले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउने मात्र निर्णय गरेको छ । विगतमा राष्ट्र बैंकले प्रिमियम बढाउने बैंकहरूलाई कारबाही गर्दै रकम फिर्ता गराएको थियो ।
कुमारी र हिमालयन बैंकले कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेका कारण कारबाहीमा परेका छन् । राष्ट्र बैंकले यी दुई बैंकलाई नगद जरिबाना नै गरेको छ । कुमारी बैंकले २०७९ माघ महिनामा र हिमालयन बैंकले कात्तिक महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले नगद जरिबाना तिराएको हो ।
राष्ट्र बैंकले कुमारीलाई ५९ लाख ६३ हजार छ सय ९४ रूपैयाँ २२ पैसा जरिबाना तिराएको छ । यसैगरी हिमालयन बैंकलाई एक करोड ३९ लाख ६३ हजार ४७ हजार २८ रूपैयाँ २४ पैसा जरिबाना तिराएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया