विदेशबाट राष्ट्रिय वाणिज्य बैंकमार्फत निःशुल्क पैसा पठाउन सकिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक विदेशबाट पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाको सुरुवात गरेको छ । आफ्ना ४० लाखभन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङमार्फत नयाँ सुविधा दिने क्रममा आफ्नो वेवसाइट, मोबाइल बैंकिङ (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको आरबीबी रिक्वेस्ट रेमिटबाट सजिलै अमेरिका, अस्ट्रेलिया, युरोप, गल्फलगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने आरबीबी रिक्वेस्ट रेमिट सुविधा सञ्चालनमा ल्याएको छ ।
यो सुविधाअन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ र ट्रान्सफर प्रयोग गरी बैंकको आरबीबी रिक्वेस्ट रेमिट पोेर्टलको सेन्ड रेमिटमार्फत रकम पठाउन सक्ने बताइएको छ । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टलमार्फत अनुरोध गर्न सक्ने बताइएको छ । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्ने बताइएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र ललित मनी ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यवस्था गरिएको बैंकले जनाएको छ । यस कार्यका लागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ । ग्राहकले सुरक्षितरूपमा बैंकको वेभसाइट मोबाइल बैंकिङ (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङ्गको पोर्टल वा सोझै आरबीबी रेमिटबाट विनाझन्झट एकै क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटान्स सुविधाको उपयोग गर्न सक्ने बताइएको छ । बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्युआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया