Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकको निक्षेपमा वृद्धि

प्राइम कमर्सियल बैंकको निक्षेपमा वृद्धि


काठमाडौं । प्राइम कमर्सियल बैंकको कुल निक्षेपमा झण्डै आठ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को वित्तीय विश्लेषण सार्वजनिक भएपश्चात् विज्ञप्ति जारी गर्दै बैंकले कोभिड–१९ को महामारी र रुस युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको अवस्थामा पनि निक्षेप वृद्धि गर्न सफल भएको जानकारी दिएको हो ।

नेपालको अर्थतन्त्रमा पनि समीक्षा वर्षमा तरलताको अभावका कारण आर्थिक क्रियाकलापमा कमी आउनाले समग्र बैंकिङ क्षेत्रको व्यापार व्यवसायमा केही संकुचन आयो । तर यसका बाबजुत पनि बैंकले आव २०७९/८० को कुल निक्षेप गत वर्षको तुलनामा सात दशमलव ९५ प्रतिशतले वृद्धि गरी एक खर्ब ७८ अर्ब ५६ करोड रुपैयाँ पु-याउन सफल भयो’ बैंकले विज्ञप्तिमा भनेको छ ।

यसैगरी कर्जामा पाँच दशमलव २६ प्रतिशतले वृद्धि गरी एक खर्ब ६३ अर्ब छ करोड रुपैयाँ पु-याउन सफल भएको बैंकको भनाइ छ । गत आर्थिक वर्षभन्दा यस समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी १७ दशमलव ६६ प्रतिशत वृद्धि गरी सात अर्ब २७ करोड आर्जन गरेको र कर्जा नोक्सानी व्यवस्थाअघिको सञ्चालन मुनाफा १९ दशमलव शून्य सात प्रतिशतले वृद्धि गरी छ अर्ब ६९ करोड रुपैयाँ पु-याएको बैंकले जानकारी दिएको छ ।

यसैगरी गत वर्षको भन्दा समीक्षा अवधिमा गैरकोष आम्दानी १२ दशमलव ३७ प्रतिशतले वृद्धि गरी एक एक अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ । मुलुकको वर्तमान अर्थतन्त्र एवम् उद्योग व्यवसायमा परेको नकारात्मक प्रभावलाई मूल्याङ्कन गर्दै आफ्नो आर्थिक अवस्थालाई मजबुत बनाउन यथेष्ट कर्जा नोक्सानी व्यवस्था गरेको कारणले यस आवको खुद मुनाफामा गत वर्षको भन्दा केही संकुचन भई दुई अर्ब २६ करोड मुनाफा आर्जन गरेको जानकारी दिएको छ । यस आर्थिक वर्षमा गरेको कर्जा नोक्सानी व्यवस्थाबापतको रकम आउँदा वर्षमा मुलुकको अर्थतन्त्र एवम् उद्योग व्यवसायमा सकारात्मक प्रभाव देखिएसँगै सो रकम फिर्ता भई बैंकको नाफामा वृद्धि हुने बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया