नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीको सहभागिता थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक कृष्णराज लामिछाने, शक्तिकुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्तरूपमा सम्मेलनको उद्घाटन गरेको कम्पनीले जानकारी दिएको छ ।
सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीका बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गरे । अग्रवालले सेल्स टेक्निकका साथै चाहिने कम्युनिकेसन स्किल्स र टेक्निकको बारेमा समेत प्रकाश पारेका थिए । सम्मेलनमा बोल्दै सञ्चालक कृष्णराज लामिछानेले हरेक मान्छेले आफ्नो मूल्य संरचनामा जोड दिनुपर्ने बताए । मान्छेको राप र तापले उसलाई अभ्यस्त बनाउने भन्दै त्यसले मान्छेलाई परिपक्व बनाउने बताए ।
सम्मेलनमा बोल्दै सञ्चालक शक्तिकुमार गोल्यानले कर्मचारीको मनोबललाई उच्च राख्न सञ्चालक समितिले सदैव साथ दिने कुरा बताए । आउने समय त्यति सहज नहुने भन्दै त्यसका लागि पूर्व तयारी गरी कार्यसम्पादन गर्न आग्रह गरे । प्रविधिको उच्चतम प्रयोग गर्दै कम्पनीको काम कारबाहीलाई थप सहज, सरल, चुस्त र दुरुस्त बनाउन कम्पनीले कार्य आरम्भ गरिसकेको बताए । सम्मेलनमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८०/८१ मा सेल्स रणनीतिका बारेमा जानकारी गराएका थिए । हाल कार्यरत प्रादेशिक प्रमुखलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरूले सम्मेलनमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया