फाइनान्स कम्पनीहरूको औसत खराब कर्जा साढे पाँच प्रतिशत
काठमाडौं । फाइनान्स कम्पनीहरूमा १९ प्रतिशतसम्म कर्जा खराब देखिएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको मन्दीसँगै कर्जावाला ग्राहकहरूले ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने क्षमतामा आएको कमीले फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा बढेको देखिन्छ ।
फाइनान्स कम्पनीहरूको औसत खराब कर्जा पाँच दशमलव ६९ प्रतिशत देखिएको छ । चारवटा फाइनान्स कम्पनीको औसतभन्दा बढी खराब कर्जा छ । ११ वटाको औसतभन्दा कम देखिएको छ ।
आम नागरिकको वास्तविक आम्दानी नबढेको र आम्दानीको ठूलो हिस्सा दैनिक उपभोग्य वस्तु तथा सेवाको खरिदमा खर्च हुंँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थतन्त्रमा देखिएको यही अवस्थाको नकारात्मक प्रभाव फाइनान्सहरूमा परेको हो । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्येमा हालसम्म १५ वटा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/०८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा तीनवटा नेपाल फाइनान्स, गोर्खाज फाइनान्स र मल्टीपर्पस फाइनान्सबाहेक सबैको खराब कर्जा बढेको छ । सबैभन्दा बढी खराब कर्जा जानकी फाइनान्समा देखिएको छ भने सबैभन्दा कम मल्टीपर्पस फाइनान्सको छ । जानकीको १८ दशमलव ६५ प्रतिशत खराब कर्जा छ भने मल्टीपर्पसको शून्य दशमलव ७९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा जानकीको १६ दशमलव ६७ प्रतिशत खराब कर्जा थियो भने मल्टीपर्पसको १ दशमलव ३ प्रतिशत खराब कर्जा थियो ।
यसैगरी नेपाल फाइनान्स, गोर्खाज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको खराब कर्जा १२ दशमलव १६ प्रतिशत, १० दशमलव ४७ प्रतिशत र ९ दशमलव ९८ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यी फाइनान्सहरूमा खराब कर्जाको अनुपात क्रमशः १४ दशमलव शून्य ७ प्रतिशत, १३ दशमलव ९१ प्रतिशत र २ दशमलव ७८ प्रतिशत थियो । रिलायन्स, सेन्ट्रल र समृद्धि फाइनान्समा क्रमशः ४ दशमलव ९३ प्रतिशत, ४ दशमलव ९ प्रतिशत र ४ दशमलव ५९ प्रतिशत खराब कर्जा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः ४ दशमलव २६ प्रतिशत, २ दशमलव ५९ प्रतिशत र ४ दशमलव ५८ प्रतिशत थियो । गुडविल, बेस्ट र मञ्जुश्री फाइनान्सको खराब कर्जा पनि क्रमशः ४ दशमलव शून्य ८ प्रतिशत, ३ दशमलव ३ प्रतिशत र २ दशमलव ८२ प्रतिशत देखिएको छ । अघिल्लो आर्थिक वर्षमा क्रमशः २ दशमलव ६५ प्रतिशत, २ दशमलव २४ प्रतिशत र ४ दशमलव १९ प्रतिशत थियो ।
आर्थिक वर्ष २०७९/०८० पोखरा र गुहेश्वरी मर्चेन्ट फाइनान्समा क्रमशः दुई दशमलव ५३ र दुई दशमलव शून्य नौ प्रतिशत खराब कर्जा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ५५ प्रतिशत र शून्य दशमलव ७६ प्रतिशत थियो । यसैगरी, आईसीएफसी र श्री इन्भेष्टमेन्ट फाइनान्सको खराब कर्जा १ दशमलव ९९ र १ दशमलव शून्य पाँच प्रतिशत देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ५४ र एक दशमलव ३ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया