गोर्खाज फाइनान्सको खुद मुनाफा १५ करोड ६७ लाख
काठमाडौं । गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७९/८० मा १५ करोड ६७ लाख ६१ हजार ९७रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने फाइनान्सको नाफा ३५ करोड १२ हजार तीन सय ९० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले आव २०७९/८० मा सात अर्ब ७२ करोड ८४ लाख ४९ हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४९ करोड ४० लाख ११ हजार पाँच सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३६ करोड ६१ लाख ३९ हजार सात सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १० दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ४३ करोड ३५ लाख ९८ हजार नौ सय ४६ रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेड दर चार दशमलव ५७ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा फाइनान्सले सात अर्ब ५४ करोड सात लाख ४९ हजार तीन सय १८ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३९ करोड ३६ लाख ७३ हजार आठ सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ३३ लाख ४५ हजार दुई सय २९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा वितरणयोग्य नाफा ३६ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्पे्रड दर चार दशमलव ८६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
- राजश्व छलीका ८० थान मोबाइलसहित एक जना पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया