समृद्धि फाइनान्सको वृक्षारोपण
काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न ठाउँमा वृक्षारोपण गरेको छ । शुक्रबार फाइनान्सको मधुवन, खरेन्द्रपुर शाखा एवम् २१ गते आइतबार कसाह शाखाबाट वृक्षारोपण गरिएको फाइनान्सले जनाएको छ । साउनको पहिलो हप्ताबाट सुरु भएको कार्यक्रमअन्तर्गत् संस्थाका सातवटा शाखाबाट सम्पन्न गरिसकेको र श्रावण महिनाभित्र सम्पूर्ण शाखाबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
साथै फाइनान्सले मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्र्गतको कार्यक्रमको सूचीमध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरूको रूपमा वृक्षारोपणको सुरुवात गरेको र आर्थिक वर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पूर्ण १३ वटै शाखाबाट विभिन्न कार्यक्रमहरू गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया