लक्ष्मी लघुवित्तको खुद मुनाफा ऋणात्मक
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा आठ करोड ३० लाख ६४ हजार तीन सय ६५ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आवमा भने संस्थाले १५ करोड ९० लाख ९० हजार छ सय ९३ रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा दुई अर्ब ३२ करोड ४४ लाख ६१ हजार छ सय १३ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७६ करोड ८० लाख २२ हजार पाँच सय ७६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३६ करोड ६९ लाख ९७ हजार चार सय १८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने छ करोड ९० लाख ९८ हजार दुई सय ८६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव २१ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ५५ करोड १५ लाख छ हजार एक सय सात रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ७० करोड ६४ लाख ५८ हजार सात सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ५३ करोड ४३ लाख ५४ हजार नौ सय ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा १३ करोड १४ लाख ५७ हजार ७८ रुपैयाँ रहेको संस्थामा चार दशमलव ८७ प्रतिशत स्प्रेडदर रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया