नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सिटिजन्स बैंकका आधा दर्जन कर्मचारी पक्राउ
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी प्रकरणमा सिटिजन्स बैंक इन्टरनेसनलमा कार्यरत आधा दर्जन कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकमा कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत छ जना कर्मचारीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कर्मचारीउपर अनुसन्धान जारी रहेको र अझै केही कर्मचारी पक्राउ पर्न बाँकी रहेको जानकारी परिसरले दिएको छ । नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी प्रकरणमा परिसरले मनिषा मास्के, दिपेशकुमार झा, सुशान्त शर्मा, सुनिता भुषाल, गोमा पौड्याल ज्ञवाली, कल्पना खत्री, प्रतीक्षा रेग्मी, दिपक विष्ट, चेतबहादुर थापा र खिमानन्द गौतमलगायतलाई पक्राउ गरेको हो । यीमध्ये आधा दर्जन व्यक्तिहरू सिटिजन्स बैंकमा कार्यरत कर्मचारीहरू रहेको परिसर स्रोतको भनाइ छ ।
पक्राउ परेका व्यक्तिहरूको बीकम र बीबीएको शैक्षिक प्रमापत्र भारतको युनिभर्सिटी अफ दिल्ली, आईसी युनिभर्सिटी हिमाञ्चल प्रदेश, गुहाटी युनिभर्सिटीलगायतबाट जारी भएको देखिएको र ती सबै नक्कली देखिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 12
ताजा अपडेट
- भैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांग्रेसको दण्ड १ के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया