Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु इन्स्योरेन्सको कोरोना बीमा सेवा प्रभु–पेबाट

प्रभुु इन्स्योरेन्सको कोरोना बीमा सेवा प्रभु–पेबाट


काठमाडौं, वैशाख १८
प्रभु इन्स्योरेन्सले प्रदान गर्ने कोरोना बीमा सेवा प्रभु–पे, वालेटबाट लिन सकिने भएको छ । प्रभु इन्स्योरेन्स र प्रभु–पेबीच भएको समझदारीपश्चात् कम्पनीका ग्राहकहरुले घरमै बसेर कोरोना बीमाका साथै अन्य बीमा सेवाहरु समेत लिन सकिने व्यवस्था मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले जानकारी दिएका छन् । कम्पनीले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरु अनलाइन सिस्टममार्फत प्रदान गर्दै आइरहेकोले लकडाउनको समयमा समेत सम्पूर्ण सेवाहरु सहजरुपमा प्रदान गरिरहेको जानकारी दिएको हो । हाल चुक्ता पुँजी एक अर्ब ५० लाख ७६ हजार रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ८९ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ४४ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x