महालक्ष्मी विकास बैंक सम्मानित
काठमाडौं । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (बिएफआईएन)द्वारा प्रदान गरिने एल एन्ड डी एक्सिलेन्स अवार्ड २०२३ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ । बैंकले गोल्ड श्रेणीअन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।
यही साउन २९ गते सोमबार अलफ्ट काठमाडौं होटलमा सम्पन्न लिर्डस फर द नेक्स्ट जेनेरेसन एक्सपेक्टेड द अन एक्सपेक्टेड कन्फरेन्सकाबीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको भन्दै बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया