सीवाईसी लघुवित्तको खुद मुनाफा ५६ लाख ३९ हजार
काठमाडौं । सीवाईसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ५६ लाख ३९ हजार नौ सय २० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ करोड ६७ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा दुई अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १४ करोड ११ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३४ लाख ९९ हजार रूपैयाँ रहेको संस्थाको स्प्रेड दर भने तीन दशमलव ६३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३८ करोड ६२ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४४ करोड ३७ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड ४१ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ७५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- ‘हिंंसा’ शब्दमाथि संसदीय बहस निरर्थक
- पेट्रोलियम इन्धनको भाउ घट्यो
- एक वर्षमा भ्रष्टाचार मुद्दामा एक हजार पाँच सय ५४ प्रतिवादी साढे आठ अर्ब बिगो दाबी
- बैंक खाता रोक्का र फुकुवासम्बन्धी नयाँ व्यवस्था
- सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन
- नयाँसडकको पेटी विस्तार बालेनको लहड कि बाध्यता ?
- ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु
- नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया