धौलागिरी लघुवित्तको नाफा ऋणात्मक
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ऋणात्मक देखिएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक करोड नौ लाख ९० हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड ९० लाख ३० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ७० करोड ८० लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७३ करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ३१ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर दुई दशमलव ७८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ६९ करोड पाँच लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड ८८ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १३ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर दुई दशमलव ११ प्रतिशत रहेका थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया